फिल्म ‘जदौ’ मा साम्राज्ञीको जोडी मुकुन

समाचार सारांश
- अभिनेता मुकुन भुसाल अन्तरजातीय प्रेमकथामा आधारित फिल्म 'जदौ' मा प्रवेश गरेका छन्, जहाँ उनी साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन्।
- काजी लिम्बूको लेखन रहेको फिल्मको निर्देशन गोप्य राखिएको छ, र भदौबाट छायांकन सुरु हुने बताइएको छ।
- 'जदौ' मा मुकुन भुसाल र सन्ध्या श्रेष्ठको अभिनय रहनेछ, र यो फिल्म सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुनेछ।
काठमाडौँ । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई भित्र्याएको हो । फिल्ममा उनी अभिनेत्री साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन् । फिल्मका शाह केही अगाडि भित्रिएका थिए ।
काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछन्, त्यो भने सस्पेन्स नै राखिएको छ । भदौबाट सुटिङ थालिने ‘जदौ’ को अन्य कलाकार–प्राविधिक छिट्टै टुङ्गो लगाइनेछ बताइन्छ । फिल्ममा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएकी छन् ।
सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मको गीतमा बाबुल गिरीको सङ्गीत अनि बुद्धि माझीको निर्माण व्यवस्थापन रहनेछ ।
फिल्म २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विमला भण्डारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न
-
संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन
-
राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
-
एमालेलाई सुधार्ने ६ उपाय
-
कानुनी व्यवस्था विपरीत कर्मचारीलाई सदस्यसचिव नियुक्त गरेको भन्दै अदालतमा रिट