फिल्म ‘जदौ’ मा साम्राज्ञीको जोडी मुकुन
सारांश
- अभिनेता मुकुन भुसाल अन्तरजातीय प्रेमकथामा आधारित फिल्म 'जदौ' मा प्रवेश गरेका छन्, जहाँ उनी साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन्।
- काजी लिम्बूको लेखन रहेको फिल्मको निर्देशन गोप्य राखिएको छ, र भदौबाट छायांकन सुरु हुने बताइएको छ।
- 'जदौ' मा मुकुन भुसाल र सन्ध्या श्रेष्ठको अभिनय रहनेछ, र यो फिल्म सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुनेछ।
काठमाडौँ । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई भित्र्याएको हो । फिल्ममा उनी अभिनेत्री साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन् । फिल्मका शाह केही अगाडि भित्रिएका थिए ।
काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछन्, त्यो भने सस्पेन्स नै राखिएको छ । भदौबाट सुटिङ थालिने ‘जदौ’ को अन्य कलाकार–प्राविधिक छिट्टै टुङ्गो लगाइनेछ बताइन्छ । फिल्ममा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएकी छन् ।
सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मको गीतमा बाबुल गिरीको सङ्गीत अनि बुद्धि माझीको निर्माण व्यवस्थापन रहनेछ ।
फिल्म २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विमला भण्डारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण