राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौँ प्रस्थान
कैलाली । केन्द्रीय स्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौँ प्रस्थान गरेको छ । ९५ जना खेलाडी, १२ जना कोच, ६ जना व्यवस्थापक, नेता र उपनेता २ जना गरी १ सय १५ जनाको टोली सोमबार काठमाडौँ प्रस्थान गरेको हो ।
प्रदेशका खेलाडीले एथलेटिक्स, कराँते, उस्सु, कबड्डी र भलिबल खेल खेल्नेछन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रदेशका सम्पूर्ण खेलाडीलाई जितको शुभकामना दिँदै टोलीलाई बिदाइ गरिन् ।
‘शुभ यात्रासहित शुभकामना दिन चाहन्छु,सम्पूर्ण खेलाडी भाइबहिनीहरू आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, राम्रोसँग खेललाई उत्कृष्ट गरे, सुदूरपश्चिमको सान गौरवलाई अझ शिरलाई माथि उठाउनु हुनेछ, सुदूरपश्चिम खेल जगतको आसा, भरोसा तपाईंहरुनै हो, त्यसकारण उच्च मनोबलका साथ उत्कृष्ट खेलेर जितेर आउनुहुनेछ, केही समस्या परे खबर गर्नुहोला,हामी तपाईंहरुसंगै छौँ,’उनले भनिन् ।
यसअघि सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्डमा पहिलोपटक च्याम्पियन बनेको थियो । खेलाडीहरूले सबै विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकहरूको भनाइ छ ।
केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २८,२९ र ३० गते काठमाडौँमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण