बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

तनावबिच ट्रम्पले लस एन्जलसमा तैनाथ गरे थप २ हजार राष्ट्रिय गार्ड

मङ्गलबार, २७ जेठ २०८२, १५ : ३०
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका छन् ।

थप २ हजार राष्ट्रिय गार्डहरू लस एन्जलसमा पठाउन लागेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले भनेका छन् । 

‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले थप २ हजार क्यालिफोर्निया राष्ट्रिय गार्ड सैनिकहरूलाई ड्युटीमा बोलाएको छ ताकि तिनीहरूले आईसीईको मद्दत गर्न सकुन् र संघीय कानून प्रवर्तन अधिकारीहरूलाई आफ्नो काम सुरक्षित रूपमा गर्न मद्दत गर्न सकुन्’ उनले भने । 

यसअघि आइतबार ट्रम्पले यी विरोध प्रदर्शनहरू रोक्न लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड सैनिकहरू तैनाथ गर्ने आदेश दिएका थिए । यसको अर्थ अब त्यहाँ तैनाथ गरिएको राष्ट्रिय गार्डहरूको संख्या चार हजार पुगेको छ ।
 
अमेरिकी अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूमाथि गरेको छापेमारीविरुद्ध क्यालिफोर्नियाको लस एन्जलसमा लगातार चार दिनदेखि विरोध प्रदर्शनहरू जारी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप