नेपाल र साउदीबिच सीपयुक्त श्रमिक लैजाने विषयमा सहमती

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति भएको छ ।
सोमबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबिच श्रमिक लैजाने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको हो ।
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार बताए ।
नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ । ‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’ उनले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुङ्गो लगाएको छ ।’
श्रममन्त्री भण्डारीले दुई देशबिच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिइएको थियो ।
उनले जेनेभा बैठकले साउदी अरेबियासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोली दिएको बताए ।
उनका अनुसार साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइसकेको छ ।
त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै
-
दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो, बाढीका कारण ४९ जनाको मृत्यु
-
अस्ट्रियाको विद्यालयमा गोली काण्ड: सन्दिग्धको घरमा प्रहरीले फेला पार्यो पाइप बम
-
‘द बिच ब्वाइज’ का सह–संस्थापक ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन
-
देवता–देवताबिच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न
-
१२ बजे १२ समाचार: बजेट खर्चमा उद्योग मन्त्रालय अन्तिम, राष्ट्रिय गौरवको आयोजनामा ‘शून्य बजेट’