गृहमन्त्रीको राजीनामा आउँदैन, बरु संसदीय समिति बनाउन सकिएला : प्रवक्ता गुरुङ
सारांश
- सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभाको बैठक छिट्टै सुरु हुने बताए।
- गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले संसद बैठक अवरुद्ध गरेका छन्।
- मन्त्री गुरुङले संसद अवरुद्धबारे सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको र आज वा भोलिसम्म संसद चल्ने सम्भावना रहेको बताए।
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुरु हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुरु हुने बताएका हुन् ।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे ।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । मन्त्री गुरुङले भने, ‘अहिले संसद् जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद् खुल्न सक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसद्मा धारणा राख्ने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसद्लाई कसरी लैजाने भन्ने कुरा सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ ।’
मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण