त्रिवि उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा २ जना पक्राउ
सारांश
- त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दिक्पाल कार्की र लोकेश कार्की रहेका छन्, उनीहरूमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ।
- विद्यार्थी भर्ना खुलाउन माग गर्दै गएका विद्यार्थी र स्ववियु नेताको समूहले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको थियो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गत जेठ १४ गते उपकुलपति प्राडा खड्क केसीको सचिवालयमा तोडफोड गरिएको थियो । उक्त कार्यमा संलग्न रहेको भन्दै प्रहरीले दिक्पाल कार्की र लोकेश कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरू दुवै जनामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उपकुलपति केसीलाई भेट्न पुगेका विद्यार्थीको हुलले केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालाबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ गरिएको बोहराले बताए ।
स्नातक तह प्रथम वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियु नेताहरू उपकुलपति कार्यालय गएका थिए । सोही समयमा एक हुलले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।
तोडफोडपछि विश्वविद्यालयले कानुनी प्रक्रिया अगाडि बढाएको थियो । विश्वविद्यालयले तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्तिको माग गर्दै प्रहरीले उजुरी दिएको थियो । २०८० चैतमा सम्पन्न स्ववियु निर्वाचनअघि नै त्रिविले विद्यार्थी भर्ना बन्द गरेको थियो । अहिले आएर प्रथम वर्षको परीक्षा नजिकिँदै जाँदा उनीहरूले भने विद्यार्थी भर्ना पुनः खोल्नुपर्ने माग गर्दै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण