सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुन्छ : वर्षमान पुन

बुधबार, २८ जेठ २०८२, १७ : १३
बुधबार, २८ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रतिपक्षी लचिलो भएर प्रस्तुत भएको भन्दै सत्तापक्ष र सरकार पनि जिम्मेवारपूर्वक प्रस्तुत भए समस्या समाधान हुने बताएका हुन् । 

आफूहरू नरम भएपनि सरकार गरम भएको उनको भनाइ छ । पुनले भिजिट भिसा प्रकरण प्रतिपक्षीको मात्रै नभई आम नागरिकको सरोकारको विषय भएकाले छानबिनमा सरकारको प्रतिबद्धता अनिवार्य रहेको धारणा राखे । 

 बजेटमाथि छलफल हुनुअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्ने उनले बताए । पुनले संसद् खोल्न सत्तापक्ष बढी जिम्मेवार बन्नसक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप