धानको उचित मूल्य नपाउँदा किसान निराश

समाचार सारांश
- नवलपरासीका किसानहरूले चैतेधानको उचित मूल्य नपाएको गुनासो गरेका छन्, जसले उनीहरूलाई निराश बनाएको छ।
- मध्यविन्दु नगरपालिका र गैंडाकोटका किसानहरूले धानको मूल्य प्रति क्विन्टल २,२०० रुपैयाँ मात्र पाए, जबकि गत वर्ष बढी थियो।
- कृषि ज्ञान केन्द्रका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य २,८७९ रुपैयाँ तोकेको छ, तर भारतबाट धान आयात भएका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्।
नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए ।
बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।
गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।
सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई मार्न चाहन्छ इरान ?
-
कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १०८९ अमेरिकी डलर पुग्ने अनुमान
-
इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल