ट्रम्पलाई मार्न चाहन्छ इरान ?
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानी सरकारले डोनाल्ड ट्रम्पलाई मार्न चाहेको आरोप लगाएका छन्।
- नेतान्याहूले ट्रम्पलाई इरानको आणविक कार्यक्रमका लागि खतराको रूपमा हेरिएको र उनलाई समाप्त गर्न चाहेको बताए।
- नेतान्याहूले ट्रम्पले इरानसँगको सम्झौता तोडेको र कासिम सुलेमानीलाई मारेको समेत उल्लेख गरे।
तेहरान । इरानी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न चाहेको दाबी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन् । इरानी सरकारले ट्रम्पलाई आफ्नो आणविक कार्यक्रमका लागि खतरा मान्ने अनि सक्रिय रूपमा ट्रम्पलाई समाप्त गर्न चाहेको नेतान्याहूले बताए ।
इरानी सरकार ट्रम्पलाई मार्न चाहन्छ भनेर एक अमेरिकी समाचार च्यानलसँगको कुराकानीमा नेतान्याहूले भनेका छन् । ‘ट्रम्प उनीहरूको नम्बर एक शत्रु हुन् । ट्रम्प एक निर्णायक नेता हुन् जसले अरूले जस्तै इरानसँग मोलतोलको बाटो रोजेनन्’ उनले भने ।
उनले इरानसँगको नक्कली सम्झौता समाप्त गरेको, कासिम सुलेमानीलाई मारेको पनि उनले बताए । इरानले आणविक हतियार राख्न र युरेनियम संवर्द्धन गर्न सक्दैन भन्ने कुरामा ट्रम्प स्पष्ट छन् । यही कारणले इरानले ट्रम्पलाई आफ्नो सबैभन्दा ठुलो शत्रु मान्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण