सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
सारांश
- सभामुख देवराज घिमिरेले रास्वपाका नेताहरूसँग संसद अवरोधबारे छलफल गरे।
- सभामुखले बजेट पारित गर्नुपर्ने र विपक्षीको अवरोधले जनतामा गलत सन्देश गएको बताए।
- रास्वपाका नेताहरूले सरकारले माग पूरा नगरेकाले संसद अवरुद्ध गर्नुपरेको र संवादमा रहेको जनाए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद् अवरोधबारे छलफल गरेका छन् । सभामुख घिमिरेले आज बिहान सरकारी निवास बालुवाटारमा अर्याल र परियारसँग छलफल गरेका हुन् ।
भेटमा सभामुखले भने– ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो । बजेटबारे व्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ । विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसद्को नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ ।’
उनले थप भने, ‘राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’
बैठकमा अर्याल र परियारले विपक्षीले उठाएका माग गम्भीर भएको बताउँदै जनताको वास्तविक समस्या उठाइएको बताएका थिए । एक घण्टा भएको भेटमा उनीहरूले भनेका थिए, ‘हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण