धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
सोमबार, ०२ असार २०८२, ११ : २४

समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
- राणालाई राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा राज्य विरुद्धको कसुर लगायतका मुद्दाहरूमा अभियोजन गरिएको छ।
- यसअघि प्रहरीले अनुसन्धानपछि राणालाई हाजिर जमानीमा रिहा गरेको थियो, तर मुद्दा दायर भएपछि उनी सम्पर्कमा थिएनन्।
काठमाडौँ । अदालतमा उपस्थित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान सुरु भएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो । राणा सोमबार बिहानै अदालतमा उपस्थित भएका थिए ।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा बिरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका राणा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा