धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
सोमबार, ०२ असार २०८२, ११ : २४
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
- राणालाई राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा राज्य विरुद्धको कसुर लगायतका मुद्दाहरूमा अभियोजन गरिएको छ।
- यसअघि प्रहरीले अनुसन्धानपछि राणालाई हाजिर जमानीमा रिहा गरेको थियो, तर मुद्दा दायर भएपछि उनी सम्पर्कमा थिएनन्।
काठमाडौँ । अदालतमा उपस्थित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान सुरु भएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो । राणा सोमबार बिहानै अदालतमा उपस्थित भएका थिए ।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा बिरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका राणा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण