चलचित्र 'महाभोज'को बुकिङ खुला
सारांश
- शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज' को अग्रिम टिकट बुकिङ खुल्यो। देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूमा बुकिङ खुल्ला गरिएको छ।
- विभिन्न आन्दोलनका कारण रिलिज मिति पछि सरेर जेठ ३० गते पुगेको चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको छ ।
- चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसको निर्देशन दिनेश राउतले गरेका हुन्।
काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । दुई साता अघि नै रिलिज तय भएको चलचित्र विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हाे ।
चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । चलचित्रको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण