शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र 'महाभोज'को बुकिङ खुला

बिहीबार, २९ जेठ २०८२, ०७ : ३७
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज' को अग्रिम टिकट बुकिङ खुल्यो। देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूमा बुकिङ खुल्ला गरिएको छ।
  • विभिन्न आन्दोलनका कारण रिलिज मिति पछि सरेर जेठ ३० गते पुगेको चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको छ ।
  • चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसको निर्देशन दिनेश राउतले गरेका हुन्।

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । दुई साता अघि नै रिलिज तय भएको चलचित्र  विभिन्न राजनीतिक  तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हाे ।

चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् ।  चलचित्रको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप