पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
सारांश
- दाङका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन्। सरकारले व्यवसायीहरूमाथि दमन गरेको भन्दै संघ आन्दोलित भएको हो।
- व्यवसायीहरूले सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा र जवाहरातमा मूल्य अभिवृद्धि कर पुनर्विचार गर्नुपर्ने माग राखेका छन्।
- राजश्व फेरबदलमा संशोधन, भन्सार दर घटाउनुपर्ने, अन्तर्राष्ट्रिय मान्यता अनुसार परीक्षण र निर्यातमा टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग छ।
दाङ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलन उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी सङ्घ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले बताए ।
राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको छ ।
त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवसायी महासंंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव कुमार गहतराजले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण