अशोक सिलवालको कैलाश किताब ‘अप्प दीपो भवः’ पोतालामा सार्वजनिक
अशोक सिलवालको यात्रा संस्मरणात्मक कृति ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’लाई तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा गत सोमबार सार्वजनिक गरिएको हो ।
लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

‘अप्प दीपो भवः’ सिलवालको चौथो कृति हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मिठामसिना अनुभव समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षक समेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण