शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अशोक सिलवालको कैलाश किताब ‘अप्प दीपो भवः’ पोतालामा सार्वजनिक

बिहीबार, २९ जेठ २०८२, १४ : १८
बिहीबार, २९ जेठ २०८२

अशोक सिलवालको यात्रा संस्मरणात्मक कृति ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’लाई तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा गत सोमबार सार्वजनिक गरिएको हो । 

लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । 

cover page

‘अप्प दीपो भवः’ सिलवालको चौथो कृति हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मिठामसिना अनुभव समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षक समेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप