शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

झलनाथले अस्पतालमा भेटे मोहन वैद्य

बिहीबार, २९ जेठ २०८२, १६ : ३४
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • नेकपा एसका नेता झलनाथ खनालले नेता मोहन वैद्यलाई भेटेर स्वास्थ्य लाभको कामना गरे।
  • पूर्व प्रधानमन्त्री खनालले बिहीबार अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य १८ जेठदेखि शिक्षण अस्पतालमा उपचाररत छन्।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेता मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका खनाल वैद्यलाई भेट्न बिहीबार साढे ३ बजे अस्पताल पुगेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ‘किरण’ जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । 

यसअघि वैद्यलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि भेटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप