झलनाथले अस्पतालमा भेटे मोहन वैद्य
बिहीबार, २९ जेठ २०८२, १६ : ३४
सारांश
- नेकपा एसका नेता झलनाथ खनालले नेता मोहन वैद्यलाई भेटेर स्वास्थ्य लाभको कामना गरे।
- पूर्व प्रधानमन्त्री खनालले बिहीबार अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य १८ जेठदेखि शिक्षण अस्पतालमा उपचाररत छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेता मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल वैद्यलाई भेट्न बिहीबार साढे ३ बजे अस्पताल पुगेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ‘किरण’ जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।
यसअघि वैद्यलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण