विपक्षीले खोज्यो छानबिन समितिको लिखित प्रतिबद्धता, सत्तापक्ष छलफलमा
काठमाडौँ । विपक्षी दलहरूले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन गरेको प्रस्तावपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको दलहरूको छलफलमा कांग्रेस–एमालेसमक्ष विपक्षी दलले छानबिन समितिको प्रतिबद्धता जनाउन प्रस्ताव गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौलाबीच भएको छलफलमा विपक्षीले कांग्रेस र एमालेलाई छानबिन समितिको लिखित प्रतिबद्धता खोजेका हुन् ।
१३ गतेदेखि भिजिट भिसा प्रकरणले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यसअघि सभामुख देवराज घिमिरेसँग पनि संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आएका छन् ।
दलहरू छलफलमा रहेको भन्दै तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सारिएको थियो । तर, बैठक अहिलेसम्म बस्न सकेको छैन ।
एमाले प्रमुख सचेतक बर्तौलाले विपक्षीको प्रस्तावमा कुनै सहमति भैनसकेको र आन्तरिक छलफलमै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण