न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
काठमाडौँ । नेकपा बहुमत निकटका कार्यकर्ताहरूले बिहीबार उच्च अदालत जनकपुर, बीरगञ्ज इजलासका न्यायाधीश खुसीराम थारुमाथि इजलासमा प्रवेश गरी कालोमसी छ्यापिएपछि संवैधानिक कानुन व्यवसायी मञ्चले भर्त्सना गरेको छ ।
मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले आज प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ,'राजनीतिक आवरणमा भएको अपराध निन्दनीय मात्र नभई प्रचलित कानुन बमोजिम दण्डनीय पनि छ । विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ ।'
सभ्य समाजका न्यूनतम मानकहरू समेत भत्काउने हद सम्मको अपराध भएको हुँदा अक्षम्य रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजनीतिक आवरणमा अपराध भएको अवस्थामा राज्य संयन्त्रको साथै सम्बन्धित दल वा राजनीतिक समूहको संयन्त्रले पनि दोषीहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै जारी विज्ञप्तिमा भनिएको छ,'राजनीतिको अपराधीकरणको दुष्चक्रमा मुलुक फस्ने खतरा बढ्न सक्छ । संवैधानिक लोकतन्त्रका आधारशिला भत्काउने, कानुन हातमा लिने, न्यायपालिकाको स्वतन्त्रता समाप्त पार्ने कार्यको रोकथाम तथा नियन्त्रणको लागि राज्य र नागरिक समाजको सहकार्य हुनु पर्दछ ।'
न्यायाधीशमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गर्दै यस किसिमका घटना दोहोरिन नदिन र न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिन मञ्चले सम्बन्धित सबैको गम्भीरतापूर्वक ध्यानाकर्षण समेत गराएको छ ।
अफताव आलमलाई सफाई दिएको भन्दै न्यायाधीश थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरुले कालोमसी छ्यापेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण