तीनकुने घटना
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
बिहीबार, २९ जेठ २०८२, २३ : २४
सारांश
- चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा पक्राउ परेकाहरूको थुनछेक बहस सकिएपछि आजै आदेश आउने भनिएको थियो।
- आदेशमा ढिलाइ भएपछि अदालत परिसरमा नाराबाजी सुरु भयो, प्रदर्शनकारीहरूले प्रधानमन्त्रीविरुद्ध नारा लगाए।
- न्यायाधीश ध्रुवराज कार्की आदेश लेख्दै गर्दा, प्रसाईँ समर्थकहरूले संयमता अपनाउन प्रहरीको आग्रहलाई बेवास्ता गरे।
काठमाडौँ। चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक भएपछि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सकिएसँगै काठमाडौँ जिल्ला अदालतबाट आजै आदेश आउने भनिएको छ। तर, आदेशमा ढिलाइ भएपछि अदालत परिसरमा नाराबाजीको स्थिति देखिएको छ।
न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा रहेका बेला, प्रतिवादीहरू अदालतको इजलासबाहिर बसिरहेका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईँ समर्थकहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
अदालत परिसरमा उपस्थित प्रहरी प्रशासनले माइकमार्फत संयमित रहन आग्रह गरेको छ ।
तीनकुने घटनालाई लिएर सार्वजनिक चासो बढिरहेका बेला अदालतको आदेश के आउँछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण