अहमदाबाद विमान दुर्घटनाबारे ट्रम्पले भने– उड्डयन इतिहासकै भयानक दुर्घटना
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबादमा भएको विमान दुर्घटनालाई 'उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक' भनेका छन्।
- ह्वाइट हाउसमा ट्रम्पले भारतलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् र घटनाप्रति दुःख व्यक्त गरे।
- अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबाद बिहीबार भएको विमान दुर्घटनालाई ‘उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक’ भएको टिप्पणी गरेका छन्।
ह्वाइट हाउसमा एक कार्यक्रमको क्रममा ट्रम्पले भने, ‘विमान दुर्घटना भयानक थियो। मैले उनीहरूलाई भनेको छु कि हामी जे गर्न सक्छौं गर्नेछौं। भारत एक ठूलो र बलियो देश हो। उनीहरूले यसलाई सम्हाल्नेछन्।’
उनले थपे, ‘तर मैले उनीहरूलाई भनेको छु कि हामी जे गर्न सक्छौं गर्नेछौं... यो एक भयानक दुर्घटना थियो। यस्तो देखिन्छ कि धेरैजसो मानिसहरूको मृत्यु भएको छ।’
आज दिउँसो अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा थियो। विमान उडान भरेको केही समयपछि आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
विमानमा कुल २४२ जना सवार थिए। भारतीय गृहमन्त्री अमित शाहका अनुसार विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण