अहमदाबाद विमान दुर्घटनाबारे ट्रम्पले भने– उड्डयन इतिहासकै भयानक दुर्घटना

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबादमा भएको विमान दुर्घटनालाई 'उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक' भनेका छन्।
- ह्वाइट हाउसमा ट्रम्पले भारतलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् र घटनाप्रति दुःख व्यक्त गरे।
- अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबाद बिहीबार भएको विमान दुर्घटनालाई ‘उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक’ भएको टिप्पणी गरेका छन्।
ह्वाइट हाउसमा एक कार्यक्रमको क्रममा ट्रम्पले भने, ‘विमान दुर्घटना भयानक थियो। मैले उनीहरूलाई भनेको छु कि हामी जे गर्न सक्छौं गर्नेछौं। भारत एक ठूलो र बलियो देश हो। उनीहरूले यसलाई सम्हाल्नेछन्।’
उनले थपे, ‘तर मैले उनीहरूलाई भनेको छु कि हामी जे गर्न सक्छौं गर्नेछौं... यो एक भयानक दुर्घटना थियो। यस्तो देखिन्छ कि धेरैजसो मानिसहरूको मृत्यु भएको छ।’
आज दिउँसो अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा थियो। विमान उडान भरेको केही समयपछि आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
विमानमा कुल २४२ जना सवार थिए। भारतीय गृहमन्त्री अमित शाहका अनुसार विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरुवा बन्दुकसहित एक जना पक्राउ
-
काठमाडौँ महानगरद्वारा निःशुल्क मानसिक स्वास्थ्य परीक्षण सुरू
-
बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो
-
प्रधानमन्त्री र विश्व बैङ्कका प्रमुख प्रशासकीय अधिकृतबिच शिष्टाचार भेटवार्ता
-
‘किताबविना पनि सिक्न सकिन्छ’
-
पोखरामा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियाेगिता हुँदै