न्यायाधीशमाथिको दुर्व्यवहार आपत्तिजनक : निजामती कर्मचारी सङ्गठन
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।
संयुक्त इजलासमा रही न्याय सम्पादन गरिरहेको अवस्थामा न्यायाधीशद्वयमाथि भएको अमानवीय दुर्व्यवहार घोर भर्त्सनायोग्य र आपत्तिजनक रहेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको सङ्गठनले जनाएको छ ।
'न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो । यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रूपमा माग गर्दछौँ,' संयुक्त विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण