शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

न्यायाधीशमाथिको दुर्व्यवहार आपत्तिजनक : निजामती कर्मचारी सङ्गठन

शुक्रबार, ३० जेठ २०८२, १२ : ०३
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् । 

संयुक्त इजलासमा रही न्याय सम्पादन गरिरहेको अवस्थामा न्यायाधीशद्वयमाथि भएको अमानवीय दुर्व्यवहार घोर भर्त्सनायोग्य र आपत्तिजनक रहेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको सङ्गठनले जनाएको छ । 

'न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो । यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रूपमा माग गर्दछौँ,' संयुक्त विज्ञप्तिमा भनिएको छ । 

494866139_2172135346559092_3292431070517865780_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप