शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
अनेरास्ववियु महाधिवेशन

अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

शुक्रबार, ३० जेठ २०८२, १३ : ५१
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • नेकपा एमाले निकट अनेरास्ववियुको महाधिवेशनमा डाक्टर, इन्जिनियर र वकिलहरूको केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्।
  • अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी र ५२ सदस्यीय आयोगमा ३ जना डाक्टर, ३ जना वकिल र १५ जना इन्जिनियर छन्।
  • पहिले जागिरमा केन्द्रित हुने डाक्टर, इन्जिनियर र वकिलहरूमा विद्यार्थी राजनीतिप्रति आकर्षण बढेको सरोकारवालाहरूको भनाइ छ।

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिलको आकर्षण देखिएको छ । गए राति सम्पन्न अनेरास्ववियुको २४ औँ महाधिवेशनमार्फत केन्द्रीय कमिटीमा डाक्टर, इन्जिनियर र वकिलहरू समेत निर्वाचित भएपछि विद्यार्थी राजनीतिमा उनीहरूको आकर्षण देखिएको पुष्टि भएको हो ।

अनेरास्ववियुको नव निर्वाचित १५१ केन्द्रीय कमिटी र ५२ सदस्यीय आयोगका पदाधिकारीमध्ये ३ जना डाक्टर छन् भने ३ जना वकिल र १५ जना इन्जिनियर रहेका छन् ।  

यी हुन् अनेरास्ववियुमा निर्वाचित डाक्टर, इन्जिनियर र वकिलहरू : 

क.पदाधिकारी 

१.डा. सुजन कडरिया, अध्यक्ष 

२.ईं. विकास श्रेष्ठ, उपाध्यक्ष

३. ईं.रचना सापकोटा, सचिव 

४. वकिल गोपाल नेपाल, सचिव 

ख. सचिवालय सदस्यहरू 

५.ई.नवीन्द्र चालिसे, बागमती प्रदेश

६. ई. किशोर चन्द्र सुवेदी गण्डकी प्रदेश

७.ई.रोशनबहादुर साउद सुप 

८.ई. विशाल आचार्य 

९. ई.विशाल आचार्य 

१०. वकिल कविराज घिमिरे 

११. नितेश लामिछाने

१२.डा. पुष्पराज भाम 

१३. अधिवक्ता समिर रिजाल 

ग.केन्द्रीय सदस्यहरू 

१४.ई सुदिन अधिकारी

१५. ई सचिन श्रेष्ठ 

१६.डा. प्रविन भुसाल 

१७. ई प्रेमबहादुर लामा

घ. आयोगतर्फ 

१८. ई आकाश खत्री 

१९. ई प्रकाश विष्ट 

२०. ई.अनिश पोखरेल 

२१. ई. लोकेन्द्र विष्ट 

नेपालमा केही समय अघिसम्म डाक्टर, इन्जिनियर र वकिलहरू पेसा व्यवसायमा वा जागिरमा केन्द्रित हुने गरेका थिए । तर अखिलमा देखिएको यो ट्रेन्डले पढेलेखेका र सहजै जागिर खान सक्ने भनेर चिनिने डाक्टर, इन्जिनियरहरूको समेत राजनीतिमा आकर्षण बढेको सङ्केतका रूपमा लिन सकिने सरोकारवालाहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप