लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
शुक्रबार, ३० जेठ २०८२, १४ : १८
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक आज शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बस्ने भएको छ।
- बैठकमा कार्यविधि, आदिवासी जनजाति र मधेसी समुदायबीचको सहकार्य सुदृढ गर्ने उपाय र भिजिट भिसालगायतका विषयमा छलफल हुनेछ।
- मोर्चाले मधेस, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका मुद्दालाई साझा एजेन्डा बनाउँदै अघि बढिरहेको छ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक बस्ने भएको छ । शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा आज बैठक बस्ने सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराए ।
बैठकमा कार्यविधि सम्बन्धी छलफल, आदिवासी जनजाति र मधेसी समुदाय बिचको सहकार्य सुदृढ गर्ने उपाय, भिजिट भिसालगायतका विषयमा छलफल हुने बताइएको छ ।
सङ्घीयता र पहिचानको पक्षमा आवाज उठाउँदै आएको मोर्चाले पछिल्लो समय मधेस, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका मुद्दालाई साझा एजेन्डा बनाउँदै अघि बढी रहेको छ ।
मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण