शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

शुक्रबार, ३० जेठ २०८२, १४ : १८
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक आज शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बस्ने भएको छ।
  • बैठकमा कार्यविधि, आदिवासी जनजाति र मधेसी समुदायबीचको सहकार्य सुदृढ गर्ने उपाय र भिजिट भिसालगायतका विषयमा छलफल हुनेछ।
  • मोर्चाले मधेस, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका मुद्दालाई साझा एजेन्डा बनाउँदै अघि बढिरहेको छ।

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक बस्ने भएको छ । शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा आज बैठक बस्ने सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराए ।

बैठकमा कार्यविधि सम्बन्धी छलफल, आदिवासी जनजाति र मधेसी समुदाय बिचको सहकार्य सुदृढ गर्ने उपाय, भिजिट भिसालगायतका विषयमा छलफल हुने बताइएको छ ।  

सङ्घीयता र पहिचानको पक्षमा आवाज उठाउँदै आएको मोर्चाले पछिल्लो समय मधेस, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका मुद्दालाई साझा एजेन्डा बनाउँदै अघि बढी रहेको छ । 

मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप