संसद्
प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध
शुक्रबार, ३० जेठ २०८२, १६ : ५२

समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विमानस्थल अध्यागमनमा सेटिङको आरोप लगाउँदै विरोध जनायो।
- सदनमा देखिएको अवरोध हटाउन सत्ता पक्ष र माओवादी केन्द्रबीच सहमति भए पनि रास्वपा र राप्रपाले असहमति जनाए।
- रास्वपा र राप्रपाले सहमतिमा असहमति जनाउँदै टेबल ठोकेर विरोध प्रदर्शन गरेका थिए।
काठमाडौँ । प्रतिनिधिसा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् । ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरेका हुन् ।