पोखरामा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियाेगिता हुँदै
शुक्रबार, ३० जेठ २०८२, २० : ४६
पोखरा । पोखरामा शनिबारदेखि गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेट प्रतियाेगिता हुने भएको छ । प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहने छ । प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन हुने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
उनका अनुसार समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी छन् भने समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छ । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने सिग्देलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण