ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए
शनिबार, ३१ जेठ २०८२, ०० : ०७

समाचार सारांश
- ओखलढुङ्गा सामुदायिक अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन्।
- शल्यक्रियामार्फत जन्मिएका शिशुहरू स्वस्थ छन्, जसमा तीनै छोरीहरूको तौल फरक-फरक रहेको छ।
- आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ, र महिलाको पहिले नै एक छोरा रहेको छ।
ओखलढुङ्गा। यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुको जन्म दिएकी छन् ।
बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए। निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए । जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रूपमा सात वर्षीय छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौँ र संसद् खोलियो’
-
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरूको आपत्ति
-
हाँडीगाउँमा बृहत् रक्तदान
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु