इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान
सारांश
- इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिवसँगको वार्तामा इजरायली सेनाको विरुद्ध तत्काल कारबाहीको माग गरे।
- अराघचीले इजरायली आक्रमणलाई इरानको सार्वभौमिकतामाथिको प्रहारको रूपमा वर्णन गर्दै प्रतिरक्षा गर्ने बताए।
- गुटेरेसले इरानी आणविक सुविधाहरूमाथिको आक्रमणको निन्दा गरे र शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको भूमिकाबारे बताए।
तेहरान । इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।
फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गदै राष्ट्रसङ्घको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको सङ्कल्पलाई पुष्टि गरेका छन् ।
उनले राष्ट्रसङ्घीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् । इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने समेत उनले बताएका छन् ।
तेहरान र वासिङ्टनबिच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसङ्घीय महामसचिव गुटेरेसले निन्दा गरेका छन् । उनले तनावको वृद्धि रोकी यस क्षेत्रमा शान्ति र स्थिरता पुनस््थापना गर्न संयुक्त राष्ट्रसंघको पूर्ण क्षमता प्रयोग गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण