हाँडीगाउँमा बृहत् रक्तदान

काठमाडौँ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका संरक्षक एवं वरिष्ठ अधिवक्ता उद्धब केसीले जानकारी दिए ।
रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई सक्रिय सहभागिताको आह्वान गर्दै यस्ता अभियानले जनचेतना र जीवन रक्षा दुवैमा महत्त्वपूर्ण भूमिका खेल्ने धन्यन्तरी युवा समूहका सहसचिव धर्मराज खड्काले विश्वास व्यक्त गरे ।
रक्तदान कार्यक्रमले समाजमा सकारात्मकसन्देश फैलाएको धन्यन्तरी युवा समूहका अध्यक्ष धर्मनारायण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का