ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा

समाचार सारांश
- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ।
- भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले स्थलगत निरीक्षण गर्दै केही ढिला भएको स्वीकार गरे।
- विभागका अनुसार अब केही दिनमै सार्वजनिक यातायात सञ्चालनमा आउनेछ, जसले कोटेश्वर-ग्वार्को क्षेत्रको यातायात सहज बनाउनेछ।
काठमाडौँ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए। यसै गरि अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए।
निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिन भित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।
यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी छ । २-३ दिन भित्रै बाँकी कामहरू पूरा भए पछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले बताए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिएका थिए। सो फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केशलिया करिडोर निर्माणमा १५ करोड बजेट सुनिश्चित
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
हेर्नुहाेस् आजकाे राशिफल
-
यस्तो छ आइतबारको अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर
-
कस्तो रहला यो हप्ता तपाईँको ? हेर्नुहोस् साप्ताहिक राशिफल