मार्क्रम नायक बन्दा दक्षिण अफ्रिकालाई वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि
लर्डस । ऐडन मार्क्रमको शानदार शतकको मद्दतले दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले हराउँदै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।
लर्डसमा २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा पछ्यायो ।
मार्क्रमले २ सय ७ बलमा टोलीका लागि सर्वाधिक १ सय ३६ रन बनाए । उनले यस क्रममा १४ चौका प्रहार गरे ।
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले सुरुवातमा नै रायन रिकेल्टनलाई गुमाएको थियो । उनले मात्र ६ रन बनाउन सके ।
त्यसपछि वियान मुल्डर र मार्क्रमले टोलीको इनिङ्सलाई अघि बढाए । उनीहरूले ९३ बलमा ६१ रन जोडे । मुल्डर २७ रन बनाउँदै मिचेल स्टार्कको बलमा क्याच आउट हुन पुगे ।
मुल्डरपछि मार्क्रमले कप्तान टेम्बा बावुमासँग मिलेर शतकीय साझेदारी गरे । दुवैले २५० बलमा १४७ रन बनाए । बावुमाले १३४ को बलको सामना गर्दै ६६ रन बनाए । उनले ५ चौका प्रहार गरे ।
त्यस्तै, डेभिड बेडिङहमले २१ रनको योगदान दिए । ट्रिस्टन स्टब्सले ८ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जेस हेजलवुड र प्याट कमिन्सले १-१ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय १२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका १ सय ३८ रनमा अलआउट हुन पुग्यो । अस्ट्रेलियाले दोस्रो इनिङ्समा २ सय ७ रन बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण