आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
यस्तो छ माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलिको जग्गा

यस्तो छ माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलिको जग्गा

शनिबार, ३१ जेठ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Patanjali Jagga_-565

यो मुद्दासँगै पतञ्जलि योगपीठले १५ वर्षअघि मन्त्रिपरिषद्बाट निर्णय गराई हदबन्दी छुटमा किनेको काभ्रेको साँगास्थित जग्गा चर्चामा आएको छ ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले दुई महिनाको अवधिमै हदबन्दी छुट जग्गा खरिद गर्न स्वीकृति दिनेदेखि बिक्रीको अनुमति पनि दिने निर्णय गरेको थियो ।

Patanjali Jagga_-566

२०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलिलाई स्वीकृति दिएको थियो ।

यसै गरी २०६६ चैत ६ मा पतञ्जलिले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।

Patanjali Jagga_-567

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । तर सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

Patanjali Jagga_-569Patanjali Jagga_-570Patanjali Jagga_-571Patanjali Jagga_-572Patanjali Jagga_-573Patanjali Jagga_-574

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया