आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

आइतबार, ०१ असार २०८२, ०९ : ५८
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ।
  • बैठकमा आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र पार्टीको कार्ययोजनाबारे छलफल हुनेछ।
  • पार्टी अध्यक्ष कमल थापाले मुलुकको राजनीतिक घटनाक्रमबारे धारणा राख्नेछन्।

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ । 

बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठकमा  पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने छ । 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप