क्लब विश्वकपमा बराबरीमा रोकियो मेस्सीको मियामी
आइतबार, ०१ असार २०८२, १० : ०७
सारांश
- फिफा क्लब विश्वकपको उद्घाटन खेलमा लियोनेल मेस्सीको इन्टर मियामी इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकियो।
- खेलको पहिलो हाफमा इजिप्टको अल अहलीले नियन्त्रण जमायो भने मियामीका गोलकिपरले धेरै बचाउ गरे।
- दोस्रो हाफमा मियामीले सुधारिएको खेल खेल्यो, तर अल अहलीका गोलकिपरले विपक्षीको प्रहार विफल पारे।
मियामी । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा स्टार खेलाडी लियोनेल मेस्सीको इन्टर मियामी बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेलेको हो ।
मियामी स्थित हार्ड रक स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा इजिप्टको टोलीले नियन्त्रण बनाएको थियो । टोलीले गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि मियामीका गोलकिपरले बचाउ गरेका थिए । ४३ औँ मिनेटमा अल अहलीका लागि ट्रेजेगुएटले गरेको प्रहार पनि ओस्कार उस्टारीले रोक्न सफल भए ।
दोस्रो हाफमा भने मियामीले सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, यसपटक अल अहलीका गोलकिपर मोहमद एल शेनावीले विपक्षीको प्रहार विफल बनाए ।
समूह ए मा दुई टोलीबाहेक पाल्मेरियास र पोर्टो रहेका छन् । अब मियामीले २० जुनमा पोर्टोको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण