आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

क्लब विश्वकपमा बराबरीमा रोकियो मेस्सीको मियामी

आइतबार, ०१ असार २०८२, १० : ०७
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • फिफा क्लब विश्वकपको उद्घाटन खेलमा लियोनेल मेस्सीको इन्टर मियामी इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकियो।
  • खेलको पहिलो हाफमा इजिप्टको अल अहलीले नियन्त्रण जमायो भने मियामीका गोलकिपरले धेरै बचाउ गरे।
  • दोस्रो हाफमा मियामीले सुधारिएको खेल खेल्यो, तर अल अहलीका गोलकिपरले विपक्षीको प्रहार विफल पारे।

मियामी । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा स्टार खेलाडी लियोनेल मेस्सीको इन्टर मियामी बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेलेको हो ।

मियामी स्थित हार्ड रक स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा इजिप्टको टोलीले नियन्त्रण बनाएको थियो । टोलीले गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि मियामीका गोलकिपरले बचाउ गरेका थिए । ४३ औँ मिनेटमा अल अहलीका लागि ट्रेजेगुएटले गरेको प्रहार पनि ओस्कार उस्टारीले रोक्न सफल भए ।

दोस्रो हाफमा भने मियामीले सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, यसपटक अल अहलीका गोलकिपर मोहमद एल शेनावीले विपक्षीको प्रहार विफल बनाए ।

समूह ए मा दुई टोलीबाहेक पाल्मेरियास र पोर्टो रहेका छन् । अब मियामीले २० जुनमा पोर्टोको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप