संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
सारांश
- प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेस भएन। सभामुखले कार्यसूची परिवर्तन गर्दै विधेयक हटाए।
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रस्ताव पेस गरे।
- राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजीका बीच सभामुखले बैठक सञ्चालन गरिरहेका छन्। निजामती विधेयक यसअघि विपक्षीको विरोधका कारण रोकिएको थियो।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गर्दै निजामती कर्मचारीसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची परिवर्तन गरेका हुन् ।
अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तव पेस गरिरहेका छन् । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ । नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गरिरहेका छन् ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो । आजको बैठकको अन्तिम समयमा पेस गर्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण