संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
_2vjRIYodig.jpg)
समाचार सारांश
- प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेस भएन। सभामुखले कार्यसूची परिवर्तन गर्दै विधेयक हटाए।
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रस्ताव पेस गरे।
- राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजीका बीच सभामुखले बैठक सञ्चालन गरिरहेका छन्। निजामती विधेयक यसअघि विपक्षीको विरोधका कारण रोकिएको थियो।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गर्दै निजामती कर्मचारीसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची परिवर्तन गरेका हुन् ।
अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तव पेस गरिरहेका छन् । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ । नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गरिरहेका छन् ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो । आजको बैठकको अन्तिम समयमा पेस गर्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?