पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन
सारांश
- नेपाली कांग्रेसका पुराना नेता ढुण्डीराज शास्त्रीको निधन भएको छ। उहाँ २०४८ र २०५१ सालमा अर्घाखाँचीबाट सांसद हुनुहुन्थ्यो।
- शास्त्री पूर्वमन्त्री हुनुका साथै बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो।
- उहाँको अन्तिम संस्कार छोराहरू फर्केपछि गरिनेछ।
काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल)को निधन भएको छ । सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् ।
नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
उनले गत वर्षमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए । उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गरिएको थियो ।
उनका दुवै छोराहरू देश बाहिर भएकाले स्वदेश फर्किएपछि मात्रै अन्तिम संस्कार गर्ने तयारी रहेको केन्द्रीय सदस्य भुसालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण