देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
सारांश
- माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देश बनाउन प्रचण्डको विकल्प नभएको बताए ।
- उनले माओवादीको देश दौडाहामा अन्य पार्टीका जनप्रतिनिधिले पनि स्वागत गरेको बताए ।
- सापकोटाले कांग्रेस र एमालेबाट जनता अघाएको र माओवादीलाई बाटो खाली भएको दाबी गरे ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको र अहिले आएर जनताले पनि बुझेको बताए ।
उनले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताए। उनले अहिले जनता कांग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गरे ।
उनले भने, ‘अहिले कांग्रेसलाई पनि नजर भरी भरी हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो । हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरूको पार्टीमा मान्छेलाई धेरै आशा थिएन । तर एमालेका कार्यकर्ताहरूको हामी जहाँ जहाँ पुग्यौँ त्यहीँ त्यहीँ शिर निहुरिएको छ । उनीहरू असाध्यै लज्जास्पद छन् । एक प्रकारले हामीलाई मैदान खालि थियो । सबैले हाम्रो पार्टीबाट निर्वाचित भएकाले त स्वागत, सम्मान, अभिनन्दन, मागपत्र पेस गर्ने वा ज्ञापनपत्र पेस गर्ने कुरा भयो भयो । कांग्रेस, एमालेबाट निर्वाचित भएकाहरूले पनि बाटोमा जुन जुन पालिकाहरू परे तिनीहरूले हामीलाई भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे ।’
उनले प्रजातान्त्रिक सामन्तहरुको पार्टी काँग्रेस भएको आरोप समेत लगाउ । यस्तै एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण