फोटोफिचर
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
सोमबार, ०२ असार २०८२, १६ : २५
सारांश
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाका सांसदहरूले संसदमा नाराबाजी गरे।
- भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै रास्वपाका सांसदहरूले विरोध जनाए।
- अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदा रास्वपाका सांसदहरूले विरोध गरे।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै सडनमै विरोधमा रहेको रास्वपाका सांसदहरूले अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा नाराबाजी गरेका छन् ।
_vlY8V17xIW.jpg)
बैठक सुरु भएसँगै रास्वपाका सांसदहरू रोस्टम अगाडि विरोधमा पलेँटी कसेर बसेका थिए । तर पनि संसदका कारबाही जारी रह्यो । यस्तै छलफलपछि उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्रीलाई बोल्न समय दिइन् ।
त्यससँगै पलेँटी कसेर बसेका रास्वपाका सांसदहरू जर्याकजुरुक उठे । उनीहरू जर्याकजुरुक उठेर विरोध गर्न थालेपछि अर्थमन्त्री पौडेल मुस्कुराउँदै आफ्नो धारणा राख्नतर्फ अघि बढेका थिए । अर्थमन्त्रीले रास्वपाका सांसदको नाराबाजीका बिच बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिए ।
_Ghc4NvDwFn.jpg)
_rLScJhn1oX.jpg)
_THw3pF9KS6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण