मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी

सोमबार, ०२ असार २०८२, १६ : ५१
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • इजरायलका रक्षा मन्त्रीले इरानलाई चेतावनी दिँदै इरानी आक्रमणमा मारिएका इजरायली नागरिकको ज्यानको मूल्य चुकाउनुपर्ने बताए।
  • इरानको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र धेरै घाइते भएको भन्दै उनले इरानका सर्वोच्च नेतालाई नागरिकहरूलाई जानाजानी लक्षित गरेको आरोप लगाए।
  • इजरायल काट्जले खामेनीलाई 'कायर हत्यारा' भनेर सम्बोधन गर्दै इजरायलले चाँडै बदला लिने बताए।

तेल अभिभ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानलाई चेतावनी दिएका छन् । इरानी आक्रमणमा मारिएका इजरायली नागरिकहरूको ज्यानको मूल्य तेहरानका नागरिकहरूले चुकाउनुपर्ने उनले बताएका छन् । 

इजरायलमा आइतबार राति भएको इरानी आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । इजरायली रक्षा बल (आईडीएफ)लाई बदला लिनबाट रोक्न जानाजानी नागरिकहरूलाई लक्षित गरेको आरोप उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई लगाए ।

इजरायल काट्जले खामेनीलाई ‘कायर हत्यारा’ र ‘अहंकारी तानाशाह’ भनेका छन् । इजरायलले चाँडै बदला लिने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप