इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
सोमबार, ०२ असार २०८२, १६ : ५१
सारांश
- इजरायलका रक्षा मन्त्रीले इरानलाई चेतावनी दिँदै इरानी आक्रमणमा मारिएका इजरायली नागरिकको ज्यानको मूल्य चुकाउनुपर्ने बताए।
- इरानको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र धेरै घाइते भएको भन्दै उनले इरानका सर्वोच्च नेतालाई नागरिकहरूलाई जानाजानी लक्षित गरेको आरोप लगाए।
- इजरायल काट्जले खामेनीलाई 'कायर हत्यारा' भनेर सम्बोधन गर्दै इजरायलले चाँडै बदला लिने बताए।
तेल अभिभ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानलाई चेतावनी दिएका छन् । इरानी आक्रमणमा मारिएका इजरायली नागरिकहरूको ज्यानको मूल्य तेहरानका नागरिकहरूले चुकाउनुपर्ने उनले बताएका छन् ।
इजरायलमा आइतबार राति भएको इरानी आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । इजरायली रक्षा बल (आईडीएफ)लाई बदला लिनबाट रोक्न जानाजानी नागरिकहरूलाई लक्षित गरेको आरोप उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई लगाए ।
इजरायल काट्जले खामेनीलाई ‘कायर हत्यारा’ र ‘अहंकारी तानाशाह’ भनेका छन् । इजरायलले चाँडै बदला लिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’, देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण