बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट

मङ्गलबार, ०३ असार २०८२, ०९ : ४७
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • इरानले इजरायलतर्फ फेरि मिसाइल प्रहार गरेको इजरायली सेनाले जनाएको छ।
  • तेहरानमा विस्फोटनका आवाज सुनिएका छन्, इरानी मिडियाले पुष्टि गरेको छ।
  • इजरायलमा हवाई साइरन बजेपछि लाखौं नागरिक सुरक्षित स्थानमा सरेका छन्।

तेल अभिभ ।  इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । 

यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स एकाउन्टमा एक पछि अर्को पोस्ट गर्दै विस्फोटको जानकारी दिएको छ । 

पोष्टका अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको बताइएको छ । आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको इरानी मिडियाले खबर छापेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप