इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
मङ्गलबार, ०३ असार २०८२, ०९ : ४७
सारांश
- इरानले इजरायलतर्फ फेरि मिसाइल प्रहार गरेको इजरायली सेनाले जनाएको छ।
- तेहरानमा विस्फोटनका आवाज सुनिएका छन्, इरानी मिडियाले पुष्टि गरेको छ।
- इजरायलमा हवाई साइरन बजेपछि लाखौं नागरिक सुरक्षित स्थानमा सरेका छन्।
तेल अभिभ । इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ ।
यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स एकाउन्टमा एक पछि अर्को पोस्ट गर्दै विस्फोटको जानकारी दिएको छ ।
पोष्टका अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको बताइएको छ । आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको इरानी मिडियाले खबर छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण