उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
सारांश
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सडक निर्माणका लागि ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रीको जिल्ला बैतडीमा २१ करोडको योजना परेको छ।
- बैतडीमा विभिन्न पहुँच मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ, जसमा फलाम खानी, सिलेट खानी र जडीबुटी क्षेत्रलाई प्राथमिकता दिइएको छ।
- झापामा दमक औद्योगिक पार्क निर्माण, सुपारी प्रशोधन केन्द्र र लघु उद्योगीलाई अनुदान दिन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो ।
यस अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जिल्ला बैतडीमा मात्रै २१ करोडका ७ योजनामा तीन तीन करोड परेका छन् । बाँकी ११ योजना ३४ करोड ३३ लाखका योजना छन् । विराटनगरको सडक विस्तारमा २० करोड विनियोजन गरिएकाे छ । यी रकम उद्योग मन्त्रालयको यो वर्ष भएको कुल पुँजीगत खर्चको करिब आधा हो । यो वर्ष उक्त मन्त्रालयबाट पुँजीगत खर्चमा १ अर्ब ६० करोड विनियोजन भएको छ ।
बैतडीका आयोजनामध्ये ढोल्यामोड बगौरा विजयपुर पहुँच मार्ग, गाजरी कुर्जेनेटा गर्गे सिगास पहुँच मार्ग, धर्मघर बिजयपुर जडीबुटी पहुँच मार्ग, रुद्रेस्वर मठैराज महादेवस्थान पहुँच मार्ग, खोचलेक धर्मघर माल्लेक पुचौंडी पहुँच मार्ग, संकर बुरौजे विजयपुर तल्लादेही पहुँच मार्ग र छेला दुर्गा भवानी नक्कतडिसेरा सिलेट खानी पहुँच मार्ग रहेका छन् । यी मार्गहरू फलाम खानी, सिलेट खानी र जडीबुटी पहुँच मार्ग निर्माणसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले बैतडी जिल्लामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको सम्भाव्यता अध्ययनको विषय समेत अगाडि बढाएको छ। सेज स्थापनार्थ वातावरणीय अध्ययन कार्यका लागि छुट्टै १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
झापामा २५ करोड बजेट
यो मन्त्रालयबाट प्रा झापामा मात्रै २५ करोड ९ लाख ६५ हजार विनियोजन गरिएको छ । यसमध्ये दमक औद्योगिक पार्क निर्माणका लागि २० करोड, सुपारी प्रशोधन केन्द्र स्थापनाका लागि २ करोड, गौरादह, दमक, गौरागंजका लघु उद्योगीलाई अनुदान दिन ३ करोड रुपैयाँ छुट्टाइएको छ । सेज स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण