गिलको कप्तानीमा भारत सफल होला ?
सारांश
- शुभमन गिलले इङ्गल्याण्ड विरुद्धको टेस्ट सिरिजमा भारतीय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन्।
- कप्तानीको अनुभवबारे गिलले खेलाडीहरूसँग कुराकानी गर्दै सहज वातावरण बनाउने बताएका छन्।
- अस्ट्रेलियाका रिकी पोन्टिङ र सचिन तेन्दुलकरले गिलको कप्तानी क्षमताको प्रशंसा गरेका छन्।
काठमाडौँ । भारतीय क्रिकेट टोलीले जुन २० तारिखबाट इङ्गल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्दैछ । उक्त टेस्टका लागि शुभमन गिलको कप्तानीमा भारतले यसअघि नै टिम घोषणा गरिसकेको छ ।
पहिलो पटक भारतीय टोलीको टेस्ट कप्तानी गर्न लागेका गिलको जति तारिफ भएको छ, त्यति नै आलोचना हुने गरेको छ । टी–ट्वान्टी क्रिकेटमा कप्तानी गरिसकेका गिलले टेस्ट क्रिकेटमा आफ्नो बलियो कप्तानी गर्ने योजना बनाएका छन् ।
गिलसँग भारतीय टोलीका लागि पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गरेको अनुभव छ । त्यस्तै घरेलु क्रिकेटमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्समा कप्तानी गरेको अनुभव छ ।
गिलले गुजरातलाई यसै सिजन तेस्रो स्थानमा पुगाएका थिए । आठ वर्ष पहिला भारतीय क्रिकेटमा पाइला टेकेका गिलको गुजरातमा जित प्रतिशत मात्र ५२ रहेको छ । यता गिल भन्दा केही समयअघि भारतीय क्रिकेटमा आएका हार्दिक पाण्ड्याको गुजरातमा जित प्रतिशत ७१ रहेको छ ।
गिलको कप्तानी क्षमताका विषयमा अष्ट्रेलियका लिजेन्ड रिकी पोन्टिङले गिलको कप्तानीमा भारतीय टोलीले धेरै सफलता पाउने बताएका छन् । पोन्डिङले गिलमा लिडरशिप क्षमता पनि राम्रो रहेको बताए ।
यता भारतका लिजेन्ड सचिन तेन्दुलकरले पनि लिडरसिपमा भारतले गिललाई विश्वाष गर्दा धेरै खुसी लागेको बताएका छन् । गिलले टेस्ट क्रिकेटको कप्तानी सम्हाल्नु भारतीय क्रिकेटमा एक नयाँ युगको सुरुवात हुने बताए ।
- कप्तानीको बारेका के भन्छन् गिल ?
गिल भारतीय टेस्ट क्रिकेटका नयाँ कप्तान हुन् । टिममा हार्दिक, केएल राहुल, जसप्रित भुमराह हुँदा पनि गौतम गम्भिरले गिललाई कप्तानको रुपमा अघि सारेका हुन् । गिलले आफूले इङ्ल्यान्डा प्रशिक्षक ब्रेन्डन म्याकुलनसँग आईपीएलमा खेलको हुँदा कप्तानीको पहिलो सिरिज सहज हुने बताए ।
गिलले आफूले अहिले खेलाडीहरूसँग राम्रोसँग कुराकानी गरिरहेको र उनीहरूलाई अहिले सहज रूपले खेल्ने वातावरण बनाइरहेको बताएका छन् । सफल बन्ने र असफल बन्ने विषय मैदानमा थाहा हुने बताए । गिलले आफ्नो कप्तानीमा पूर्ण विश्वस्त रहेको बताए ।
‘अहिले मलाई खेलाडीहरूसँग कुराकानी गर्न, उनीहरूलाई सहज वातावरण दिलाउन र उनीहरूको बलियो र कमजोर पाटो दुबैलाई मिलाएर सहज बनाउन राम्रो लागिरहेको छ,’ गिलले भने ।
गिलले व्यक्ति जुनसुकै टिमको कप्तान या लिडर हुँदा पहिला टिमलाई सुरक्षित बनाउनु नै महत्त्वपूर्ण काम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026