यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
मङ्गलबार, ०३ असार २०८२, १५ : ०२

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा यातायात कार्यालयका अधिकृत कमल राज गौतमविरुद्ध मुद्दा दायर गरेको छ।
- गौतमले २०५५ देखि २०७९ सम्म २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
- अवैधानिक सम्पत्ति देखिएपछि गौतमलाई जरिवाना र ३ वर्षसम्म कैद सजायको माग गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध मुद्दा दायर गरेको छ ।
गौतमले २०५५ सालदेखि २०७९ सम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनको वैधानकि कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी, जनक शिक्षा सामग्रीको ऋण भुक्तान, शेयर खरिद, बैंकमार्फत् लगानी, सुन खरिद बीमालगायतमा ५ करोड ४० लाख रुपैयाँ रहेको देखिएको हो ।
साढे २ करोड रुपैयाँभन्दा बढी अवैधानिक रकम देखिएपछि अख्तियारले सो रकम जफतसहित ३ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार