स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
मङ्गलबार, ०३ असार २०८२, १६ : ०८
सारांश
- साउदी प्रो लिग क्लब अल हिलालले रियल म्याड्रिडका खेलाडी भिनिसियस जुनियरलाई क्लबमा ल्याउन पहल गर्ने भएको छ।
- क्लब विश्वकप चलिरहँदा अल हिलालका प्रमुख कार्यकारी अधिकृतले रियलसँग औपचारिक कुराकानी गर्ने बताएका छन्।
- भिनिसियसले यो सिजन ला लिगामा ११ गोल र च्याम्पियन्स लिगमा ८ गोल गरेका थिए।
एजेन्सी । रियल म्याड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरलाई क्लबमा भित्र्याउनका लागि साउदी प्रो लिग क्लब अल हिलालले पहल गर्ने भएको छ ।
क्लब विश्वकप चल्दै गर्दा भिनिसियसलाई भित्र्याउने चर्चा व्यापक रुपमा चलेको छ । अल हिलालका प्रमुख कार्यकारी अधिकृत स्टिभ चलजादाले भिनिसियसलाई भित्र्याउनका लागि रियलसँग संवाद अघि बढाउने बताए ।
‘अहिले क्लब विश्वकप चलिरहेको छ । हामी त्यसैमा ध्यान दिएर लागेका छौं । क्लब विश्वकपपछि हामी रियलसँग औपचारीक रुपमा कुरा अघि बढाउने छौं,’ उनले गोलडटकमसँगको कुराकानीमा भने ।
क्लब विश्वकपमा रियल र अल हिला एकै समूहमा छन् । अल हिलालले क्लब विश्वकपको पहिलो खेलमा रियलसँग प्रतिस्र्धा गर्दैछ । खेल बिहीबार राति हुनेछ ।
भिनिसियसले यो सिजन ला लिगामा ३० खेल्दै ११ गोल गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगमा १२ खेल खेल्दै ८ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण