अपराध अनुसन्धान गर्न सीसीटीभीसहित ‘स्मार्ट भ्यान’को प्रयोग
सारांश
- प्रहरी वृत्त जनसेवाको पुरानो भ्यानलाई मर्मत गरी 'स्मार्ट भ्यान' बनाइयो, जसले विपद् व्यवस्थापन र अनुसन्धानमा सहयोग गर्नेछ।
- भ्यानमा घटनास्थलको सुरक्षा सामग्री, सीसीटीभी, वायरलेस इन्टरनेट, र उद्धार सामग्रीहरू राखिएका छन्, जसले अनुसन्धानलाई सहज बनाउनेछ।
- यो भ्यानमा घाइते ओसार्ने स्ट्रेचर र अनुसन्धान अधिकृतका लागि आवश्यक सामग्रीहरू पनि छन्, र यसलाई अपरेसनमा पनि प्रयोग गरिनेछ।
काठमाडौँ । कार्यालयमा थन्किएर बसेको थुनुवा ओसार्ने पुरानो भ्यानलाई प्रहरी वृत्त जनसेवाले ‘स्मार्ट भ्यान’ बनाएर अनुसन्धानमा प्रयोगमा ल्याएको छ । पुरानो टोयोटा भ्यानलाई मर्मत गरेर विपद् व्यवस्थापन र अनुसन्धानमा आवश्यक सबै सामग्री त्यसमा राखेर प्रयोगमा ल्याइएको हो ।
बीभत्स घटना हुँदा घटनास्थलको सुरक्षामा आवश्यक सामग्री, क्यामेरा, कम्प्युटर, प्रिन्टर, सोको किट बक्स, विपद् व्यवस्थापनमा आवश्यक उद्धार सामग्रीहरू भ्यानमा राखिएको छ । घटना भएपछि सामान खोज्नुपर्ने झन्झटबाट मुक्त हुनेगरी भ्यानलाई उद्धार र अनुसन्धानमा आवश्यक सामग्रीले पूर्ण बनाइएको प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
एफ–एए–०२९० नम्बरको भ्यानको अगाडि भागमा र पछाडि क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) जडान गरिएको छ । ३० दिनसम्मको भिडियो रेकर्ड रहने सीसीटीभी जडान गरिएको डीएसपी चन्दले बताए । उनले भने, ‘भ्यानमा वायरलेस इन्टरनेट पनि राखिएको छ ।’
_AZRx2nBfRS.jpg)
घाइतेहरूलाई बोक्ने स्ट्रेचर र जघन्य प्रकृतिको हत्या जस्ता घटना अनुसन्धानमा जाँदा वारदात स्थलमा आवश्यक अनुसन्धान अधिकृतहरूले लगाउने कपडा सहितका सामग्री सो भ्यानमा व्यवस्था गरिएको छ । भारतबाट मगाएर फरक प्रकारको साइरन जडान गरिएको डीएसपी चन्दले बताए । उनले भने, ‘स्मार्ट शैलीबाट अनुसन्धान गर्न भ्यान सहयोगी हुनेछ, यसलाई हामी अपरेसनमा पनि प्रयोग गर्छौँ ।’
सो अपरेसनल भ्यान २०५९ मा प्रहरी प्रधान कार्यालयले जनसेवा प्रहरीलाई दिएको थियो । लामो समय प्रयोग गरेपछि जीर्ण भएको भ्यानलाई मर्मत गरेर अहिले ७ प्रकारका अनुसन्धान, विपद् व्यवस्थापन र अपरेसन सामग्रीले भ्यानलाई सुसज्जित बनाइएको छ ।
अपराध अनुसन्धान र विपद् व्यवस्थापनमा ‘स्मार्ट’ भ्यान प्रयोगमा ल्याएकोमा जनसेवा वृतका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्दलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने, ‘अपराध अनुसन्धानमा हामी विस्तारै नयाँ शैली अपनाउँदै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण