सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
मङ्गलबार, ०३ असार २०८२, २१ : २८
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा नेपाललाई स्कटल्यान्डले टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मात्र ९८ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदानमा स्कटल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै मात्र ९७ रन बनायो । स्कटल्यान्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रन बनाए ।
त्यस्तै म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए । यता नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए ।
त्यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिए । नेपालका लागि ललितनारायण राजवंशीले एक विकेट लिए । स्कटल्यान्डका मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण