तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यइा एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शिक्षा, निजामती सेवा लगायतका महत्वपूर्ण विधेयकमा संसदीय समितिले गरेका निर्णयलाई सत्तारूढ दलहरू(नेपाली कांग्रेस र नेकपा एमाले) ले मन्त्रिपरिषद्बाट उल्टाउने प्रयास गरिरहेको बताएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । साथै डा.भट्टराईले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष दलले निर्लज्ज आत्मसमर्पण गरेको समेत बताए ।
सत्तारूढ र प्रमुख प्रतिपक्ष दुवै दलका यस्तो भूमिकाले सत्ता र शक्तिको मोलतोल, आ–आफ्ना अपराधको संरक्षण र जनताका सवालमा ढुलमुल नीतिको निरन्तरता देखिएको भन्दै नयाँ र वैकल्पिक शक्तिहरूबीच सदन र सडक दुवै स्थानमा एकीकृत संघर्षको माग उठेको उनले बताए ।
पुराना तीन (नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र) दल र तिनका शीर्ष नेताबाट आशा गर्नु ‘गोरूबाट दूधको आश’ गर्नुजस्तै भएको भन्दै कटाक्ष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण