कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ साल आषाढ ४ गते । बुधबार । ईश्वी सन् २०२५ जुन १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–सप्तमी, १३ घडी ४० पला, बिहान १० बजेर ३८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्र्वाभाद्रपदा, ४२ घडी ८ पला, बेलुकी १० बजेर १ मिनेट उप्रान्त उत्तराभाद्रपदा ।
योग–प्रिती, २ घडी ३७ पला, बिहान ६ बजेर १४ मिनेट उप्रान्त आयुष्मान । करण–बव, बिहान १० बजेर ३८ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर ४१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कुम्भ, बेलुकी ४ बजेर १८ मिनेट उप्रान्त मीन ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३५ पला ।
आजको बार बेला
बिहान ५ बजेर १० मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर २१ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखि दिउसो ३ बजेर ३२ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म लाभ बेला ।
बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १२ बजेर ४ मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवस्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कर्म र लाभ भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामूखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । शेयर बजार, खाद्यान्न, निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । साझको समय राम्रो रहेकोले अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । अध्ययनबाट नतिजा हात पार्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्या तथा प्रतिस्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाइने तथा उनीहरूको प्रगतिमा मन रमाउनेछ । मन मुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा मन खुसी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आमा तथा परिवारका सदस्यहरूसँग मनमुटाब सिर्जना हुनेछ । राजनीति तथा सामाजिक काममा समय दिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा नभए पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साँझपख माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा सुधार हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार, शेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मिष्टान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबैजना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । साँझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यापार गर्न निर्देशिका बनाउँदै सरकार
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)