शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
स्मृति

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)

बुधबार, ०४ असार २०८२, १२ : ०६
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
  • पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे।
  • शास्त्रीको ९० वर्षको उमेरमा असार २ गते काठमाडौँमा निधन भएको थियो, उनी पूर्व उद्योगमन्त्री थिए।

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता ढुण्डीराज शास्त्री (पौडेल)को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य  शास्त्रीको ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौँको केएमसी अस्पतालमा निधन भएको थियो । 

नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

dhundiraj poudel (2)dhundiraj poudel (3)dhundiraj poudel (4)dhundiraj poudel (5)dhundiraj poudel (6)dhundiraj poudel (7)dhundiraj poudel (8)dhundiraj poudel (9)dhundiraj poudel (10)dhundiraj poudel (11)dhundiraj poudel (12)dhundiraj poudel (13)dhundiraj poudel (14)dhundiraj poudel (15)dhundiraj poudel (16)dhundiraj poudel (17)dhundiraj poudel (18)dhundiraj poudel (19)dhundiraj poudel (20)dhundiraj poudel (21)dhundiraj poudel (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप