प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
बुधबार, ०४ असार २०८२, १३ : ५४
सारांश
- पुष्पकमल दाहाल प्रचण्ड भोलि काठमाडौं फर्किने, भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी भए।
- प्रचण्ड फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुने, तीन दलको बैठक बस्ने तयारी।
- माओवादीले संसदको अवरोध हटाए पनि रास्वपाको नाराबाजी जारी, शिक्षा र निजामती विधेयक प्रभावित।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार मात्रै काठमाडौँ आउने भएका छन् । भरतपुर महानगरपालिकाद्वारा बनाइएको प्रज्ञा स्मार्ट पार्कको अवलोकन तथा विभिन्न कार्यक्रममा भाग लिन प्रचण्ड सोमबार चितवन पुगेका थिए ।
प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उनी बुधवार फर्किने कार्यक्रम नभएको जानकारी दिए । प्रचण्ड काठमाडौँ फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुनसक्ने बताए । ‘अध्यक्ष भोलि काठमाडौँ फर्किएपछि प्रमुख तीन दलको बैठक दिउँसो ३ बजे बस्ने भनिएको छ’, आचार्यले भने ।
दुई बुँदे सहमति गरेर माओवादीले संसद्को अवरोध हटाए पनि रास्वपाले नाराबाजी जारी राख्दा शिक्षा, निजामती लगायत विधेयक प्रभावित हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण