बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने

बुधबार, ०४ असार २०८२, १३ : ५४
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • पुष्पकमल दाहाल प्रचण्ड भोलि काठमाडौं फर्किने, भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी भए।
  • प्रचण्ड फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुने, तीन दलको बैठक बस्ने तयारी।
  • माओवादीले संसदको अवरोध हटाए पनि रास्वपाको नाराबाजी जारी, शिक्षा र निजामती विधेयक प्रभावित।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार मात्रै काठमाडौँ आउने भएका छन् । भरतपुर महानगरपालिकाद्वारा बनाइएको प्रज्ञा स्मार्ट पार्कको अवलोकन तथा विभिन्न कार्यक्रममा भाग लिन प्रचण्ड सोमबार चितवन पुगेका थिए । 

प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उनी बुधवार फर्किने कार्यक्रम नभएको जानकारी दिए । प्रचण्ड काठमाडौँ फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुनसक्ने बताए । ‘अध्यक्ष भोलि काठमाडौँ फर्किएपछि प्रमुख तीन दलको बैठक दिउँसो ३ बजे बस्ने भनिएको छ’, आचार्यले भने । 

दुई बुँदे सहमति गरेर माओवादीले संसद्को अवरोध हटाए पनि रास्वपाले नाराबाजी जारी राख्दा शिक्षा, निजामती लगायत विधेयक प्रभावित हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप