तीन दलका शीर्ष नेताको बैठक आज बस्दै
बिहीबार, ०५ असार २०८२, १० : ३४
१

समाचार सारांश
- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ।
- बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
- बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ, जुन पहिले बुधबारका लागि निर्धारित थियो।
काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकोले आजका लागि सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *