कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
सारांश
- कृषा चौलागाईंको फिल्म 'जहाजैमा' मा जापानी अभिनेत्री रजेल इचिमियाले काम गर्ने भएकी छन्। निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ।
- फिल्म नेपाल र जापानबीचको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथामा आधारित हुनेछ। यो यूएनए प्रोडक्सनको ब्यानरमा बन्नेछ।
- फिल्ममा जापानी नायिका पक्का भएपनि नायकबारे खुलाइएको छैन। फिल्म २०२६ भित्र रिलिज हुने बताइएको छ।
काठमाडौँ । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमियाले पनि काम गर्ने भएकी छन् । निर्माण युनिटले इचिमियाको तस्बिर सहितको एक पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो ।
कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्बिर शेयर गरेपनि फिल्ममा उनी रहने चर्चा चलेको थियो । अहिले त्यस विषयमा आधिकारिक रूपमा जानकारी दिइएको छ ।
सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनि उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोस्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानबिचको भावनात्मक पुलको रूपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
पुरुषोत्तम प्रधानले छायाङ्कन गर्ने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्न लागेका हुन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्वलको भनाई छ ।
फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाईंले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरू रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रूपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ । फिल्म सन् २०२६ भित्र रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण